दुवै मिर्गौला फेल भएका चुनवाङ्गलाई थेगिमहाङ्ग सयङ्गको २ लाख सहयोग

  नयाँ बुलन्द
7 Shares

इलाम : दुवै मिर्गौला फेल भएका चुनवाङ्ग थेगिम (लिम्बू) लाई किराँत थेगिमहाङ्ग सयङ्ग संजुम्भो इलामले २ लाख ९ सय १९ रुपैयाँ सहयोग गरेको छ ।

संजुम्भोका केन्द्रिय अध्यक्ष तथा थेगिम दाजुभाई बंशावलीका लेखक धनकुटा जिल्ला निवासी भिम बिक्रम थेगिम (जबेगु) का एक मात्र सुपूत्र ३३ वर्षीय चुनवाङ्गलाई संजुम्भो इलामले सहयोग गरेको हो ।

मिर्गौला प्रत्यारोपणका लागि भन्दै संमुम्भोले आइतबार चुनवाङ्गका बाबु भिमविक्रमको बैंक खातामा रकम जम्मा गरिदिएको संजुम्भो इलामका संयोजक नरेन्द्र थेगिमले जानकारी दिए । संजुम्भोका केन्द्रिय सदस्य प्रेमराज थेगिम र को उपस्थितीमा रकम जम्मा गरिदिएको हो । संजुम्भोले जिल्लाका थेगिम दाजुभाईहरुको सक्रियतामा सहयोग रकम संकलन गरेको थियो ।

चुनवाङ्ग बिगत केहि महिनादेखि दुवै मृगौला फेल भई निदान अस्पताल ललितपुरमा उपचाररत छन् । मिर्गौला प्रत्यारोपणका लागि चुनवाङ्गको आमाको म्याच भईसकेको तर हाल विद्यमान कोरोना महामारी (कोभिड १९) का कारण केहि ढिला भएको  परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार