महिनाको सर्वोत्कृष्ट प्रहरीमा दिपेन्द्र श्रेष्ठ घोषित

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : प्रहरी चौकी चिलिङदिन पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक दिपेन्द्र श्रेष्ठ २०७७ श्रावण महिनाको ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले मासिक रुपमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने नीति अनुरुप श्रेष्ठलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा दरबन्दी भई प्रहरी चौकी चिलिङदिन पाँचथरमा ईन्चार्ज रहेका उनलाई कार्य सम्पादनको आधारमा पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।
विभागिय मुल्य–मान्यता,आदेश–निर्देशनको पालन गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रहि उच्च मनोवलका साथ पाँचथर र इलाम जिल्लाको सिमामा प्रहरी ईन्चार्जको रुपमा सक्रिय भइ काम गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

अपराध नियन्त्रण तथा कोरोना भाइरस (कोभीड–१९) को रोकथाम तथा नियन्त्रणको लागि विभिन्न ठाँउबाट आउने मानिसहरुको विस्तृत विवरण लिई सम्वन्धित कार्यालयमा जानकारी गराउँदै क्वारेन्टाइनमा बस्ने व्यवस्थापन सहित सहज वातावरण बनाउन भूमिक निर्वाह गरेको प्रशंसनिय कार्य प्रति उनलाई सम्मान गरिएको बताइएको छ ।

कार्य क्षेत्रका टोल टोलमा प्रहरी र जनता संग प्रहरी अभियानको महत्व जनता समक्ष बुझाउने,प्रहरी पेशाप्रतिको जनविश्वासलाई अझै वृद्धि गर्दै सर्वसाधारणमा सुरक्षाको अनुभूति गराउँदै स्थानीय बासिन्दा,सरोकारवाला निकाय,समाजसेवी लगायतका व्यक्तिहरु संग समन्वय गरी काममा अग्रसर रहेकोमा उनको कार्यशैली प्रति सन्तुष्ट रहेको स्थानीय बताउँछन् ।

सेवा क्षेत्र भित्र कुनै पनि अप्रिय घटना भए तत्काल उपस्थित हुने,प्राकृति प्रकोपमा उद्धारको लागि सक्रिय रहने साथै सामाजिक कार्यमा समेत चासो राख्ने उनी उत्कृष्ट घोषित भएकोमा स्थानीय बासिन्दा,संघ संस्था र जनप्रतिनिधिले प्रशंसाका साथमा बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार