फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणले गति लिदै‌ं

  नयाँ बुलन्द  302 पटक हेरिएको

   फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण कार्यले गति लिदै

इलाम : बिश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । एक सय बिस दिन लामो बन्दाबन्दीले देशसमा भइरहेका सरकारका गौरभका आयोजनाहरु नराम्ररी प्रबाभित बन्न पुगे । यतिबेला बन्दाबन्दी खुलेसगै बिस्तारै देश भर विकास योजनाहरु संचालन हुन सुरु भएका छन् । यस्तै सरकारको बिशेष प्राथमिकतामा परेको इलाम सदरमुकाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्वा बिमानस्थल निर्माण कार्य कारोना भाइरसका कारण केही महिना प्रभाबित भएपनि अहिले गति लिए सगै स्थानीय उत्साहित देखिएका छन् । इलामको आकाश बाट हिम श्रृखलाको दृश्य अबलोकन गर्दै राजधानी सम्म पुग्ने आसामा रहेका इलामेलीको हवाईजहाज चड्ने सपना अब भने पुरा हुने देखिएको बिश्वास लिएर त्यो आफ्नै ठाँउबाट जाहज चड्ने दिनको प्रतिक्षामा रहेका छन्।

२०७५ सालको जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हुदा इलामबासीमा खुशीको सीमा रहेन तारा एयरको ढल् – ब्भ्त् विमानले पहिलो पटक इलाममा पाइला टेक्दा अब चाडै उडेर राजधानी पुग्न पाइने विश्वास स्थानीयको थियो । तर प्राविधिक परिक्षण उडान गरिएपछि चर्चा सेलाएको सुकिलुम्बा विमानस्थलको अहिले भने स्तरोन्नति गरि धावनमार्गमा कालोपत्रे गर्न कार्य धमाधम सुरु छ । पटक पटक गरी हाल सम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो ।

साढे नौ करोड रुपैयामा ठेक्का सम्झौता भएको विमानस्थलको धावन मार्गमा कालोपत्र निर्माण २०७७ असोज सम्ममा सम्पन्न गर्ने निमार्ण ब्यबसायी सुर्य कार्कीले जानकारी दिए । कार्कीले भने“ निमार्ण सकिने म्याद भन्दा अघिनै सक्ने लक्ष राखेको भएपनि काम हुने समयमा देशमा बन्दाबन्धी भयो बिमान स्थलमा आवश्यक पर्ने मेसिन देखि मेटेरियल्स सम्म भारतबाट आउनुपर्नेले गर्दा केही समयकाम रोकियो अहिले मेसिन आइपुगेको छ । अब कामले गति लिन्छ र कुनै किसिमको अबरोधहरु नआए असोज भरमा सम्झौता गरे अनुसारको काम सक्ने लक्षका साथ काम भइरहेको छ ।” उता आयोजनालाई यस बर्ष लामो समयसम्म भएको बिर्खाले समेत नराम्ररी प्रभाबित बनाएको थियो ।

इलाम नगरपालिका ९ गोलाखर्कमा २०६८ साल देखि निर्माण शुरु भएको फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको यो वर्ष धावन मार्ग, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ्ग, फिलिङको काम धमाधम भइरहेको छ । पक्की ६७० मीटर लम्बाई र २० मिटर चौडाइ भएको रन वे निर्माण हुन लागेको छ । निर्माण कम्पनी आशिष, आशिर्वाद स्वामीनारायण जे भीले ठेक्का सम्झौता अवधि अगावै निर्माण सकिने जनाएको भएपनि कोरोना भाइरसका कारण त्यो सम्भब नभएको बताइएको छ । बिमानस्थलमा टावर, टर्मीनल  लगायतका संरचनामा थप बजेटको आवश्यक्ता रहेको छ । यस्तै बिमानस्थलवाट निस्कने भलले त्यस तलका बस्तीमा प्रत्यक्ष असर बर्शेनी पार्ने गरेको छ ।

प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएको भएपनि अझ त्यसलाई ब्यबस्थित गर्नुपर्ने स्थानियहरु बताउँछन् । बिगतका बर्षहरुमा बिमानस्थलबाट निस्किएको भलले त्यस तलका धेरै नागरिकहरुको जमिनमा क्षति पुर्र्याएको थियो । अहिले ड्रेन व्यवस्थापनले केहीहद सम्म रोकिएपनि दिर्धकालीनरुपमा समस्या रोकनका लागि थप बजेट बिनियोजन गरेर काम गरेको खण्डमा अझ ब्यबस्थितहुने स्थानीय बताउँछन् ।

यता निर्माणकार्य सुस्त बन्दा छिमेकी जिल्ला झापामा रहेको चन्द्रगडी बिमानस्थललाई प्रयोग गर्नु उचितहुने तर्क गर्नेहरु पनि भेटिन थालेका थिए । सिङ्गो इलामको पर्यटन प्रर्वधनमा महत्वपूर्ण हुने ठानिएको बिमानस्थल निर्माणमा स्थानिय सरकारको खासै चासो नगएको भन्दै स्थानियहरु निरास बनेका थिए । तर अहिले बिमानस्थलको काम छिटो गरेर निर्माण भइरहदा उडान चाडै हुनेमा आशा पलाउन थालेको स्थानीय बेदप्रकाश अधिकारीको भनाइ छ ।

अधिकारीले भने “शिल्यानास पछि निमार्ण कार्यले खासै गति लिन सकिरहेको थिएन तर यस पटक यस्तो माहामारीको समयमा पनि काम भइरहेको देख्दा जहाज चड्न पाइने रहेछ भन्ने लागेको छ खुशि भएको छु । ” सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो २०५८ मानै प्रकृया थालिएपछि बिमान चड्ने सपना संगालेका स्थानीयले हेर्न मात्र पाउदा पनि मन बुझाएका थिए । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरे पनि निर्माण सुरु हुन अरु केहि वर्ष कुर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार