धरानमा जनता समाजवादीद्वारा राहत बितरण

  नयाँ बुलन्द
0 Shares

 

धरान : जनता समाजवादी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धरानममा चार सय जनालाई राहत बितरण गरेको छ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको क्षेत्रलाई लक्षित गरेर नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा अति पिडित तथा बिपन्न बर्गलाई छनोट गरेर प्रती परिवार एक बोरा चामल उपलब्ध गराएको कुरा राहत वितरण संयोजक हेमराज जिमि याक्खाले जानकारी दिए।राहतलाई जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईद्वारा चामलको बोरा बिरतण गरेर उद्घाटन गरे।

धरान उपमहानगरको २० वटै वडाबाट नाम संकलन गरि राहत बितरण गरिएको जानकारी दिए।राहत जनता समाजवादी धरान उपमहानगर समितिको पार्टी कार्यालय शान्तिपथबाट बितरण गरिएको हो।
धरान नगर समिति अध्यक्ष ताजुप लिम्बुले सबै कोरोना लकडाउनबाट पिडित रहेको भन्दै सिमित श्रोत भएकोले सबैको चित्त बुझाउन तथा सबैलाई राहत उपलब्ध गराउन नसकेको बताए। पिडित मध्येका पनि अति पिडित छनोट गरि राहत उपलब्ध गराएको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार