झापा : झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षककाे करेन्ट लागेर मृत्युु भएको छ ।
शिवसताक्षी धरमपुर घर भएका महेन्द्रराज शेर्माकाे माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हाे ।
विद्यालयका प्रध्यानाध्यापक ओमप्रसाद अचार्यका अनुसार प्राथमिक तहमा कार्यरत शेर्माकाे निधन भएको पुष्टि गरे ।
उनी करिब ४ बर्षदेखि हिमालय माध्यमिक विद्यालयमा कार्यरत थिए ।