उत्तरदायी र विश्‍वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सकियो

इलाम : भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम उत्तरदायी र विश्वासनीय पत्रकारिता सम्बन्धी पहिलो समूहको क्षमता अभिवृद्धि तालिम शुक्रबार सकिएको छ ।

मिडिया एक्सन नेपालको आयोजनामा भर्चुअल प्रविधिमार्फत संचालित दोस्रो चरणको पहिलो समूहको तालिम सकिएको हो । दुई समूहमा विभाजन गरेर संचालित तालिम अन्तरगत समूह ‘क’ को तालिम सकिएको हो ।

तालिममा इलामका १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

दैनिक दुईवटा कक्षाका दरले तालिम संचालन भएको थियो । तालिममा लैंगिक संवेदनशील पत्रकारिता, मिडियाको सामाजिक उत्तरदायित्व, मिडिया, भ्रामक सूचाना र विदेशी नीति, विदेश नीति निर्माण र संरचनामा मिडियाको भूमिका, गलत सूचनाको सामना र रोकथाम, सूचनाको महामारी, भ्रामक सूचना रोकथामको तरिका र पत्रकारको भूमिकालगायतका विषयमा छलफल भएको‍ थियो ।

तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रीको सल्लाहकार लैंगिक र मिडिया विज्ञ डाक्टर समिक्षा कोइराला, अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराई र विश्वविद्यालय शिक्षा घानाका मिडिया शोधकर्ता डाक्टर गिफ्टी आपिया अद्जेइले सहजीकरण गरेका थिए ।

सहभागीहरुले भ्रामक र गलत सूचना रोकथाम गरि नागरिकसामू संचारमाध्यमको विश्वासनीयता बढाउन तालिम उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका थिए ।

सोही तालिम समूह ‘ख’ का लागि आउँदो सोमबारदेखि सुरु हुनेछ । सो समूहमा झापा, इलाम र पाँचथरका १५ जना पत्रकारको सहभागिता रहने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले जानकारी दिए ।

यसअघि पहिलो चरणको तालिम १५ र १६ फागुन २०७६ मा एकै समूहमा इलाममा संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार