खर्च अभावमा थलिदैं मिर्गौला पीडित लोकबहादुर, सहयोगको अपिल

माईजोगमाई : मिर्गौला रोगबाट पीडित इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी उपचार खर्चको अभावमा थलिएका छन् ।

१० दिन झापाको विर्तासिटी हस्पिटलमा उपचारपछि आर्थिक अभावपछि अहिले घर ल्याएर राखिएको छ । घारेगाउँका ३९ वर्षिय थामीलाई गत साउनमा अस्पताल राखेर उपचार गरिएको थियो ।

उपचारका क्रममा ३ लाख रुपैयाँ भन्दा बढि खर्च भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् । ‘घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचार गरे । यो भन्दा माथि गर्ने मेरो क्षमता छैन् ।’ लोकबहादुरले भने ‘ घरव्यवहार नै चलाउन धौधौ छ थप उपचार खर्च कहाँबाट ल्याउँ । सहयोगी दाताहरुको आश छ ।’

डाइलाइसिस र मिर्गौला प्रत्यारोपणको लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैयाँ लाग्ने भएको छ । उनको थप उपचारको लागि काठमाण्डौ लग्नुपर्ने भएकाले सहयोग गर्न जगतबहादुरले अपिल गरे ।

लोकबहादुरको उपचारको सहयोग लागि वडा कार्यालयबाट सिफारिस गरिएको छ । सहयोग गर्न चाहनेहरुले कुषि बिकास बैक लिमिटेटको खाता नम्बर ०६०१०००७१५१००१३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार