संचार क्लब गौरादहकाे अध्यक्षमा अधिकारी

  नयाँ बुलन्द
0 Shares

दमक : गौरदह नगरपालिका भित्र रहेका पत्रकारहरु संगठित भएका छन । नगरपालिका भित्रका पत्रकारहरु वडा नं -१ काे सभाहलमा जम्मा भई संचार क्लब गौरादह गठन गरि पत्रकारहरुकाे छाता संगठन गठन गरेका हुन। नगरपालिका भित्र रहेका पत्रकारहरुकाे भेलाले सुदिप अधिकारीकाे अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेकाे छ। नवगठित समितिकाे उपाध्यक्षमा सन्ताेष बिष्ट,सचिवमा सान नेपाल,सह- सचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा शान्ती सुब्बा रहनु भएको छ ।

उक्त भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।तेसैगरि सोही भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का,दिनेश दंगाल युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ ।नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक,हित र संरक्षणका बिषयमा काम गर्ने छ।समितिले संस्थाको दर्ता प्रक्रियाका साथै आवश्यक पर्ने काम गर्ने जनाईएको छ ।भेला पत्रकार मंच दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

अनलाइन बिचारका प्रकाशक,सम्पादक डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो। ॐकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्का र बैकल्पिक खबर डटकमका प्रकाशक सम्पादक दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संचालन ॐकार टाइम्सका सम्पादक सान नेपालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार