फाकफोकथुममा पहिलो पटक एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

  युद्धबहादुर बोहोरा
21 Shares

इलाम ः फाकफोकथुमका एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पाँचथरमा कार्यरत चार सुरक्षाकर्मी,एक कामदार सहित फाकफोकथुम वडा न.–२ निवासी ५३ वर्षिय एक व्यक्ति गरि जम्मा छ जनाको पिसिआर रिर्पोटमा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
फाकफोकथुम वडा न.–२ निवासी सङ्क्रमण पुष्टि भएका व्यक्ति प्रहरी कार्यालय पाँचथरको हिरासतबाट घर फर्किएका थिए । हाल उनको परिवार र छिमेकमा सम्पर्क भएका मानिसहरुको कन्ट्रयाक ट्रेसिङ्ग,पिसिआर चेक,स्थान शिल थप सावधानीको बारेमा फाकफोकथुम गाँउपालिकाको कार्यालयमा आकस्मिक बैठक भइरहेको कार्यालयले जानकारी दिएको छ ।
सङ्क्रमित व्यक्ति केही दिन अघि विधुत दुर्घटनामा परि हाल झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचाररत रहेको वडा न.–२ का जनप्रतिनिधि खड्ग बहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार