काठमाडौं : कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ ।
जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने उनले बताए । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए । तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने उनले बताए। यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको उनले बताए ।