पत्रकारमाथि प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति फोनिजको आपत्ति

  नयाँ बुलन्द
0 Shares

लमजुङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष एवम् नागरिक दैनिकका जिल्ला सम्वाददाता कृष्णबहादुर आलेमाथि प्रहरीबाट भएको दुर्व्यवहारको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) लमजुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फोनिज लमजुङले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाका डिएसपी गंगाबहादुर थापाले आफ्नो कार्यकक्षमा बोलाएर पत्रकार आलेलाई झपार्नु मुस्कान सहितको प्रहरी सेवाको खिल्ली उडाएको जनाएको छ ।

जिल्लाका ७ जना पत्रकारहरुमा कोरोना संक्रमित भइसकेपछि नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष रहेका पत्रकार आले पीसीआर परीक्षणका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालतर्फ बाइकमा जाने क्रममा निषेधाज्ञा उल्लङ्घन गरी बाहानाबाजी गर्दै अस्पताल जान लागेको भन्दै एक प्रहरी हबल्दारले गालीगलौज सहित दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यति मात्र नभई पत्रकार आले पीसीआर परीक्षणको क्रममा रहँदा प्रहरी चौकीमा बोलाएको छ भनी दुई जना प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेका थिए । प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले आफ्नो कार्यकक्षमा राखी प्रहरी कसैको नोकर होइन भन्दै झपारेका थिए ।’

हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार