ताप्लेजुङको मेरिङदेनमा लिम्बुवान मञ्चको टोल समिति

  नयाँ बुलन्द  114 पटक हेरिएको

ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ स्थित आँगो टोलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको टोल समितिमा गठन भएको छ ।

जिल्ला समिति ताप्लेजुङको संगठन विस्तारको अभियान अन्तर्गत आँगो टोलमा पूर्णद्धोज लिम्बूको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको हो ।

जिल्ला अध्यक्ष भुपेन्द्र माबो, उपाध्यक्ष रुपा चोङ्वाङ, सचिव अशोक मादेन, सचिव सुजता लाबुङ लगायतको उपस्थितिमा टोल समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा हरी केदेम र लाजेहाङ यक्सो, सचिव धनबहादुर लिम्बू र अर्थसचिवमा जय लिम्बू चयन भएका छन् ।

सदस्यहरुमा मैतबहादुर लिम्बू, मंगलसिंह लिम्बू, प्रकाश लिम्बू, मिथुन लिम्बू, सीता चोङ्वाङ र भुमिराज लिम्बू चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार