एकै दिन तीनजना बालिकालाई बलात्कार गर्ने पक्राउ

  नयाँ बुलन्द
0 Shares

लमजुङ : एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ११–११ वर्षीय दुईजना र ९ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनले भने, ‘गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीको आधारमा सोही दिन पक्राउ गरिएको हो ।’

सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । एघार र ९ वर्षको एउटै परिवारको रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार