पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार