इलामका नौ जना एम्बुलेन्स चालक सम्मानित

इलाम : नेपाल निजामती कर्मचारी युनियन संघ इलामले जिल्लाका एम्बुलेन्स चालकहरुलाई आज (शुक्रबार ) स्वास्थ सामाग्री वितरण सहित सम्मान गरेको छ ।

संघको स्थापना दिवसको अवसर पारेर जिल्लाका विभिन्न संघसस्थाका नौ जना एम्बुलेन्स चालकहरूलाई एक कार्यक्रमका बिच स्वास्थ सामाग्री हस्तान्तरण सहित सम्मान गरेको हो । सम्मानित हुने चालकहरुमा तारा पोख्रेल ,सन्मान तामाङ ,बालचन्द्र गौतम,राजन कार्की , फडिन्द्र सापकोटा , मोहन राई , अनिल देवान र धन ब मगर रहेका छन ।

शुक्रबार सदरमुकाम इलाम बजारमा आयोजित कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बोल्दै यो विषम परिस्थितिमा अग्रभागमा रहेर काम गरिरहेका चालकहरुलाई स्वास्थ सामाग्री बितरण गरिएको बताए । ‘जो सबैभन्दा पहिलो घेरामा रहेर काम गर्छ, विपत्तिको बेला उहि बढी सुरक्षित हुनुपर्छ, सुबेदिले भने ‘त्यसैले उहाँहरुको कामप्रति सम्मान गरिएको हो , कोरोना भाइरस संक्रमणबाट स्वयम चालकहरु पनि जोगिन जरुरी छ ।’

यस्तै चालकहरुको तर्फ बाट बोल्दै तारा पोख्रेलले आफुहरुले संक्रमण भएका बिरामीहरु बोकेर जानू पर्दा होटलहरुमा एम्बुलेन्स चालक भन्ने बितिक्कै खाने बस्ने ठाउँ नपाईने समस्या भोग्नु परेको गुनासो गरेका थिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्मचारी युनियन संघका पदाधिकारीहरु, काँग्रेस नेता भेसराज आचार्य , जिल्ला सचीव खगेन्द्र देवान , इलाम नपा ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ ,विभिन्न कर्यालयका कर्मचारी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार