झापामा युवकको विभत्स हत्या, टाउको छिनाएको शव जंगलमा भेटियो

  नयाँ बुलन्द
0 Shares

झापा : झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ । बुधबार बिहान फेला परेको शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ ।

संघीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको शव पोस्टमार्टमको लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार