खोटाङ : किरात राई विद्यार्थी संघले खोटाङले २२ औं स्थापना दिवसको अवसरमा शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले सरकारी विद्यालयका विद्यार्थीहरुलाई कपी, कलम, मास्क र सेनिटाइजर वितरण गरेको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १ सय ९६ जना विद्यार्थीहरुलाई ती सामग्री वितरण गरेको हो ।
३ सय ५० थान मास्क, २ थान सेनिटाइजर, २ हजार ९८ थान कलम र ६ सय थान कपी वितरण गरिएको संघका महासचिव अञ्जिलहाङ किरातीले जानकारी दिए ।
तेज तिलासरि फाउन्डेशन (दुर्गा राई), किरात राई यायोक्खा हलेसी तुवाचुङ नगरका सचिव मबिन्द्र राईलगायत विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा करिब ३५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको किरातीले बताए ।
संघले विभिन्न कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएका छन् ।