मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

  नयाँ बुलन्द
0 Shares

इलाम : समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।

मूल्यवृद्धि फिर्ता नलिए कोरोना महामारीकै बेला भए पनि सडक आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

चालू आर्थिक वर्षको बजेटमा पेट्रोलमा १० प्रतिशत पूर्वाधार विकास कर लगाइएको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले कर बढाइए पनि मूल्य बढ्दैन भनेर जनतालाई आश्वासन दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘अब हामी अर्थमन्त्रीलाई प्रश्न गर्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यतिबेला असन्तुलित मानसिकताले बोल्नुभएको हो ? जनतालाई ढाट्न पाइन्छ ? त्यसयता तीन पटक मूल्यवृद्धि गर्दा मन्त्रीज्यू र निगमको हाकिमको अलिकति पनि विवेक चलेन ?’

समाजवादी विद्यार्थी युनियनले सरकारले तत्काल गल्ती सच्याएर पेट्रोलियम पदार्थजस्तो अति आवश्यक वस्तुमा मूल्यवृद्धि फिर्ता गरी निश्चित मूल्य तोक्न माग गरेको छ ।

सरकारले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार