विभिन्न कार्यक्रमका गरि चुम्लुङले ३२ औं स्थापना दिवस मनाउँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : आदिवासी लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ बुधबार (भदौ १७) देखि ३२ औं वर्षमा प्रवेश गर्दैछ ।

३२ औं स्थापना दिवसको अवसरमा चुम्लुङले विभिन्न कार्यक्रम आयोजना गर्दैछ । विश्व महामारी कोरोना भाइरस (कोभिड १९) लाई दृष्टिगत गरि सामाजिक/भौतिक दूरी कायम गर्दै चुम्लुङको केन्द्रीय, प्रदेश, जिल्ला र गाउँ/नगर समितिले स्थापना दिवस मनाउँदैछ ।

‘लिम्बुवान स्वायत्तता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ चुम्लुङ केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा गत शुक्रबारदेखि विभिन्न कार्यक्रम सुरु गरिसकेको छ । शुक्रबार विषयगत समिति, प्रदेश र जिल्ला समितिसँग ‘लिम्बू सामूहिकताको लागि चुम्लुङको भूमिका’ विषयक भर्चुलअ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

शनिबार कियाचु लिम्बुवान स्टडी सेन्टरले ‘आदिवासी लिम्बूहरूको प्रथाजनित संस्था र पैतृक भूमिको जाँच’ विषयक भर्चुलअ अन्तरक्रिया गरेको छ ।

आइतबार कियाचु नवजीवन केन्दरले ‘अत्यधिक मादक पदार्थ सेवन न्युनीकरण’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ ।

सोमबार किरात याक्थुङ चुम्लुङ कियाचु लिम्बू साँस्कृतिक परिषदले ‘मुन्धुम पान:थङ थिम्बे’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ ।

मंगरबार कियाचु केन्द्रीय समितिले आदिवासी जनजाति, राजनीतिक दल र लिम्बूजन्य संगठनहरुसँग ‘शुभकामना आदानप्रदान अर्चुअल समारोह’ आयोजना गर्दैछु ।

त्यस्तै बुधबार पुरस्कार तथा छात्रवृति वितरण, विभूतिहरुमा माल्यार्पण कार्यक्रम र विश्वव्यापी शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको छ । चुम्लुङले ४ विधामा छात्रवृति वितरण गर्दैछ ।

याक्थुङ सहयोग कोष छात्रवृत्ति, स्व. देवीबहादुर आङबुहाङ लिम्बू छात्रवृत्ति, श्रीमती खेममाया सिङ्घक आबुहाङ लिम्बू स्मृति छात्रवृत्ति र कियाचु इजरायल कल्याणकारी कोष छात्रवृत्ति वितरण हुँदैछ ।

लिम्बुवानका ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ला समितिले आआफ्नो जिल्लामा छात्रवृत्ति वितरण गर्नेछन् ।

२०४६ सालमा स्थापना भएको चुम्लुङको हाल लिम्बुवान र नेवा-ताम्सालिङ प्रदेश समिति तथा मातहतका विभिन्न जिल्ला र स्थानीय तहमा समेत संगठन विस्तार भई क्रियाशील छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार