काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएपछि उनी आफ्नै निवासमा होम आइसोलेसनमा उनको सचिवालयले जनाएको छ ।
उनको केही दिनअघि स्वाब संकलन गराएकोमा सोमबार रिजल्ट पोजिटिभ आएको उनको सचिवालयले जानकारी दिएको हो । उनीको पत्नीको स्वास्थ्यमा समस्या देखिएर परीक्षण गराउन मेयर शाक्यको पोजिटिभ नतिजा आएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको बताइएको छ । पछिल्लो समय उनको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।