समाचारमा प्रष्टीकरण

  नयाँ बुलन्द
14 Shares

मिति २०७७/०५/१४ मा नयाँ बुलन्द डटकममा प्रकाशित माङसेबुङमा जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा ! शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । दोस्रो चौमासिक भत्ता वितरण गत २०७६ को चैत्रमै सकिएको हो । समाचारमा लेखिएको हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पूर्णमाया श्रेष्ठ र जयमंगल श्रेष्ठको भत्ता वडा सचिव सुलभ दाहालले भर्पाइ गरेर बुझिलिएको भए पनि आफूहरुलाई भत्ता नदिएको भन्ने भनाई सरासर गलत छ । गाउँपालिकामा सुरक्षित रहेको श्रेष्तामा हेर्दा जयमंगल श्रेष्ठ र पूर्णमाया श्रेष्ठ अनुपस्थित रहेका कारण उक्त चौमासिकमा उहाँहरुले पाउने सासु भत्ताको रकम सम्बन्धित निकायमै फिर्ता पठाइएको व्यहोरा सम्पुर्णमा जानकारी गराउन चाहन्छु । हरिप्रसाद श्रेष्ठको नामको भर्पाइ भने गाउँपालिकाको श्रेष्तामा हेर्दा भत्ता बुझेको तर सम्बन्धितले नपाएको देखिएकोले हरिप्रसादले पाउने रकम म उपलब्ध गराउनेछु । हरिप्रसाद श्रेष्ठ बाहेक निजहरु दुई जना पूर्णमाया श्रेष्ठ तथा जयमंगल श्रेष्ठको भने भत्ता नियमानुसार नै फिर्ता गएको हो, उहाँहरु भत्ता बुझ्न अनुपस्थित भएका कारण ।

नियमानुसार २ जनाको फिर्ता भएको भत्ता मैले उपलब्ध गराउन असम्भव हुन्छ । गुनासो आएपछि मैले आफैँ श्रेष्ता पल्टाएर हेर्दा हरिप्रसाद श्रेष्ठको हकमा गल्ती भएको देखिएको हुँदा तत्काल सच्याउन तयार रहेको प्रतिवद्धता जनाउँछु । साथै यसरी समाचारमा आएको सबै कुरा हुबहु सत्य नरहेको स्पष्ट पार्दै सत्यतथ्य कुराको पक्षमा मात्र लाग्न सम्पूर्ण माङसेबुङबासी नागरिक दाजुभाई दिदिबहिनीहरुमा विनम्र अनुरोध गर्न गर्दछु । आगामी दिनमा समेत नयाँ बुलन्द डटकमसँग विगतमा झैं सहकार्य र समन्वय निरन्तर भईरहने कुरा पनि अवगत गराउँछु ।

धन्यवाद !

 

सुलभ दाहाल

वडा सचिव, ३ नम्बर वडा कार्यालय

माङसेबुङ गाउँपालिका, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार