निषेधाज्ञाको समयमा पालिका अध्यक्ष तिगेलाको नेतृत्वमा वनभोज

  रेवत पारघरी
14 Shares

छथर गाउपालिकाका अध्यक्ष सन्तविर लिम्बु (सन्तोष तिगेला) को नेतृत्वमा निषेधाज्ञा सहितको लकडाउनको समयमा वनभोज कार्यक्रमको आयोजना भएको छ ।

तेह्रथुम : छथर गाउपालिकाका अध्यक्ष सन्तविर लिम्बु(सन्तोष तिगेला)को नेतृत्वमा निषेधाज्ञा सहितको लकडाउनको समयमा वनभोज कार्यक्रमको आयोजना भएको भन्दै यस्को विरोध गरिएको छ । म्याङलुङमा १८ जनामा कोरोना संक्रमित फेला परेपछि जिल्ला विपत व्यावस्थापन समितीले निषेधाज्ञा जारी गरेको समयमा गत भदौ ९ गते मंगलबार छथर गाउपालिका अध्यक्ष तिगेलाको नेतृत्वमा १० जना भेला भई संक्रमित क्षेत्र म्याङलुङ नगरपालिका–२ को लाहातप्पामा संक्रमित क्षेत्रका नागरिक सहित बनभोज कार्यक्रमको आयोजना गरेको विरोधमा बिभिन्न राजनितिक दलहरुले संयुक्त प्रेश विज्ञप्ती जारी गरेका हुन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माले छथर कमिटी द्धारा संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गर्दै संक्रमणकालिन जोखिमको समयमा सरकार द्धारा जारी गरिएको निषेधाज्ञा स्थानीय सरकारको प्रमुखबाट नै पालना नभएको उल्लेख छ । वनभोजमा सहभागी भै फर्किएपछि स्थानीयबासीलेलाई अनुगमनका गएर आएको भनि झुटो कुरा संप्रेषण गरिएको र कोरोनाको त्रासबाट बाँचिरहेका नागरिकहरुको जनजिविका संग जनप्रतिनिधीहरुले खेलबाड गरेको बिज्ञप्तीमा भनिएको छ । विपत्तीमा जनताहरुलाई सान्त्वना तथा सहानुभुती प्रदान गर्नुपर्ने ठाँउमा स्थानीय सरकारले उल्टै कोरोना संक्रमित क्षेत्रमा गएर वनभोज जस्तो सामुहिक एवं जोखिमतामा सहभागी भई छथर क्षेत्रमै डर र भयको वातावरण सिर्जना गरेको विज्ञप्तीमा लेखिएको छ ।

संयुक्त प्रेश विज्ञप्तीमा नेपाली कांग्रेस बाट भिमबहादुर थापा, जनता समाजवादी पार्टी नेपाल बाट सुर्य मादेन र नेकपा मालेबाट बिष्णुकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार