समाचार प्रभाव : माङसेबुङमा सवारी संचालनमा रोक

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिकाले गाउँपालिका भित्र सवारी संचालनमा रोक लगाएको छ ।

गाउँकार्यपालिकाको बैठकले अत्यावश्यक सेवामा प्रयोग हुने, विरामी बोक्ने सवारी साधन, एम्बुलेसन्स र सरकारी नम्बर प्लेट बाहेकका अन्य सवारी साधन संचालन गर्न नपाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको क्षेत्र झापाको दमक नगरपालिका र इलामको देउमाई नगरपालिकासँगको खुला आवतजावतले माङसेबुङ पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको समाचार नयाँ बुलन्द डटकमले प्रकाशित गरेपछि गाउँपालिकाले त्यस्तो निर्णय गरेको हो ।

गत मंगलबार मध्यान्ह नयाँ बुलन्द डटकमले ‘कोरोनाको उच्च जोखिममा माङसेबुङ गाउँपालिका‘ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बुधबार कार्यपालिका बैठक बसेर सवारी संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

नयाँ बुलन्द समाचार प्रभाव

गाउँपालिकाले पूर्वि सीमानामा रहेको देउमाई नगरपालिका र तराइसँग जोड्ने चिसोपानी पंचमी चतुरे लारुम्बा दमक सडकको प्रवेश नाका दमक नगरपालिकामा कोरोना संक्रमित दिनानुदिन बढिरहेको भन्दै बिहीबार गाउँपालिकाले सबै वडालाई पत्राचार गरी सो निर्णय कार्यान्वयनका लागि अनुरोध गरेको छ ।

गाउँपालिकाले औषधी खाद्यवस्तु तथा अत्यावश्यक वस्तु तथा सेवा खरिदका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि बाहेक घरबाहिर ननिस्कने, खाघवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरीलगायत अत्यावश्यक सामग्री आपूर्ती गर्ने पसल व्यवसाय दिउँसो १ देखि ४ बजेसम्म मात्र संचालन गर्ने, पूजा, प्रार्थना, धार्मिक तथा साँस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा तथा अन्य सामूहिक गतिविधि नगर्ने र गर्न नदिने निर्णय गरेको छ ।

त्यस्तै अत्यावश्यक वस्तु तथा सेवामा कृत्रिम अभाव सृजना गर्न, मसल्य वृद्धि गर्न, जम्माखोरी गर्न, लुकाउन तथा आपूर्तिमा अवरोध गर्न नपाइने, विभिन्न नाकाबाट पैदल तथा सवारी साधन प्रयोग गरि आउने यात्रुलाई गाउँपालिका प्रवेशमा कडाइ गर्ने, कोभिड १९ सँग मेल खाने शंकास्पद लक्षण देखिएका व्यक्तिलाई घरमा नै एकान्तमा राख्ने, गाउँघरमा गर्नुपर्ने कृषि, लघु उद्यम, मृत्यू संस्कारसँग सम्बन्धित कार्यहरु सामाजिक तथा भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र गर्ने, बाहिर देशबाट आउने व्यक्तिलाई जनता माविमा माङसेबुङ ४ सिङफेरेमा रहेको क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार