इलाम : किरात याक्थुङ चुम्लुङको आयोजनामा लिम्बू सामुहिकताको लागि चुम्लुङको भूमिका विषयक भर्चुअल अन्तरक्रिया सुरु भएको छ ।चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । चुम्लुङका अध्यक्ष योगराज वनेमको अध्यक्षतामा सुरु भएको कार्यक्रममा केन्द्रिय समिती, प्रदेश समिती र जिल्ला समितिका ५० बढीको सहभागिता छ ।
चुम्लुङका अध्यक्ष वनेमले कार्यक्रमको उदेश्य प्रस्तुत गरेपछि अहिले जिल्लाका प्रतिनिधिहरुले विचार राख्नेक्रम भैरहेको छ ।



