जनमत पार्टीद्वारा स्थानीय तहको कार्यालय अगाडि विरोध प्रदर्शन

सर्लाही : विभिन्न मागसहित आन्दोलनरत जनमत पार्टी सर्लाहीले बिहीबार तेस्रो दिन पनि विरोधका कार्यक्रम गरेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा बुझाइएको ५ बँदे मागपत्र स्थानीय तहले नबुझेपछि कार्यालय अगाडि धर्ना र विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार बलरा नगरपालिका, गोडैता नगरपालिका, रानगर गाँउपालिकामा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीले स्थानीय तहमा अगाडि सारेका माग यस्ता छन् ।

१. किसानलार्इ सहज रूपमा मल खाद् गाँउगाँउमा व्यवस्था गर ।

२. वेरोजगारीलार्इ रोजगार देउ, रोजगार न दिए वेरोजगारी भत्ता देउ ।

३. वैकल्पीक शिक्षा निति लागू गर, विद्यार्थीलार्इ घर घरमा पढन वतावरण तैयार गर ।

४. नागरिकको स्वास्थ सँग लापरवाही गर्न पार्इदैन ।

५. व्यापार सहजीकरण गरि कालोबजारी बन्द गर ।

६. सुचनाको हक सम्बन्धी निवेदन दर्ता गर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार