गाँजासहित माङसेबुङका प्रेम र अमिर पक्राउ

  नयाँ बुलन्द
7 Shares

माङसेबुङ : लागूऔषध गाँजा सहित इलामबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बू रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ केजी गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई चुलाचुली ५ र दमक ३ को सिमा क्षेत्र जिरो प्वाइन्टबाट पक्राउ गरेको हो ।

दुवै जनालाई कानुनी कारवाहीका लागि मंगलबार दिउँसो इलाम पठाइएको प्रहरी चौकी पेल्टीमारीका इन्चार्ज जीवन कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार