चुलाचुलीको चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक !

  नयाँ बुलन्द  148 पटक हेरिएको

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका ५ ले वडा प्रवेशमा रोक लगाएको छ । झापाको दमक नगरपालिकासँग सीमा जोडिएको चुलाचुली–५ ले छिमेकी स्थानीय तहमा संक्रमण दर बढेसँगै प्रवेशमा रोक लगाएको हो ।

विशेषगरी चुलाचुली–५ को पर्यटकीय क्षेत्र चपेटी र अन्धाराजा धार्मिक क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरुको प्रवेश भईरहेको हुनाले अत्यावश्यक काम बाहेक अन्य कामका लागि वडा प्रवेशमा रोक लगाईएको वडाध्यक्ष चन्द्रकुमार थापाले बताए ।

दमकमा संक्रमण दर अत्याधिक फैलिरहेकाले आफूहरुले पनि वडामा सतर्कता अपनाएको उनले बताए ।

चुलाचुली–५ को देउरालीमा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, वडाध्यक्ष चन्द्रकुमार थापा, वडासदस्य धनबहादुर राई, टोलविकाश संस्थाका प्रतिनिधीहरु लगायत स्थानियहरुको उपस्थितमा बसेको बैठकले सो निर्णय गरेको हो ।

वडाका मुख्य नाकाहरुमा स्थानीय स्वयंसेवक र सशस्त्र प्रहरी परिचालन गरिने बताईको छ । त्यस्तै चुलाचुली–५ भित्रका होटलव्यवसाय पनि पुर्णरुपमा बन्द गराईने छ ।

यता चुलाचुली गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणबाट सुरक्षित रहन भन्दै पालिकामा सचेतना फैलाउने निर्णय गरेको छ । छिमेकी स्थानीय तहहरुमा संक्रमण दर अत्याधिक बढिरहेको भन्दै चुलाचुलीमा सचेतनामुक पोस्टरहरु वितरण गर्ने, टाँस्ने निर्णय भएको वडाअध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार