पाँचथर : निर्माणाधिन राँके रबि सडक खण्डमा कार्यरत एकजना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केहिदिन अघि स्वास्थ कार्यालय पाँचथरले गरेको स्वाब परिक्षण गर्दा ३९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनी केहिदिनअघि निर्माण व्यवसायी मार्फत काम गर्न मोरङको पथरी शनिश्चरेबाट राँके रवि सडक खण्डमा आइपुगेका थिए ।
उनी सँगै आएका २४ जनामा भने संक्रमण देखिएको छैन । संक्रमितलाई उपचारका लागि कोभिड उपचार केन्द्र इलाम पठाइएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ । यो सँगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ७ पुगेको छ । उनीहरु मध्ये ५ जनाले भाइरस जितेर घर फर्किइसकेका छन ।
-मितेरी अनलाइनबाट