पाँच बर्ष देखि सम्पर्क बिहिन इलामका रमेश विष्ट फर्केर आउने आशमा उनको परिवार

  नयाँ बुलन्द
84 Shares

इलाम :  ७ बर्ष अघि मलेसिया पुगेका इलामका रमेश विष्ट अहिले परिवारको सम्पर्क विहिन वनेका छन् । ५ वर्ष देखी परिवारको सम्पर्क वाहिर रहेका विष्ट अझै फर्केर आउने आश उनको परिवारले मरेको छैन  ।

मलेसियाको सेलेङ्गर स्थीत एक कम्पनीमा काम गर्न पुगेका विष्टले २ वर्ष सम्म परिवारलाई फोन गरेका थिए । त्यस पछि उनी एकाएक परिवारको सम्पर्क वाट वाहिर पुगे ।

वृद्ध अवस्थामा रहेकी आमा , श्रीमती र १४ वर्षका छोराले विष्ट फर्किएर आउने आश गरेका छन् । इलाम नगरपालिका साबिक ४ गोलाखर्क हाल ९ नबरका विष्ट कहाँ छन र कस्तो अवस्थामा छन् भन्ने जानकारी परिवारमा नहुदा थप पिडा भएको छ ।

वावुको निधन पछि किरीयाकाज गरेर मलेसिया हिडेका विष्टले परिवारका सदस्य संग फोन सम्पर्क नगरेको वर्षै भयो । विष्टकी श्रीमती सिताले भनिन अझै फर्केर आउनु हुन्छ भन्ने आश छ ।

रमेशका छोरा अहिले १४ वर्षका भए । वुवा कहिले फर्किनु हुन्छ भन्ने छोराको प्रश्नको उत्तर सिता संग अहिले पनि छैन् ।

बुवाका वारेमा सोधिएका प्रश्नको उत्तर दिन सक्दीन वरु आशु आउछ । चाडपर्वमा त छोरो फर्केला कि भन्ने आश रमेशकी आमामा अझै छ ।

मलेसियाको सेलेङ्गर राज्यको एम के प्रेक्लस्टोन कटिङ्ग कम्पनीमा काम गर्न विष्ट कारावान म्यानपावर मार्फत मलेसिया पुगेका थिए । विष्टले सोहि कम्पनीको अर्का डिएओ डाइ कास्टीङ कम्पनीमा समेत काम गरेका थिए ।

उनी सो कम्पनीमै कार्यरत छन् वा अवौधानीक रुपमा काम गर्न अरु तर्फ पुगे भन्ने जानकारी समेत उनको परिवारमा छैन् ।
उनको भिषा लागेको कम्पनी मलेसियाको सेलेङ्गर राज्यको जलान कासावरी स्थीत तेलोक पाङ्गलीमामा रहेको छ ।

सो कम्पनीमा कार्यरत नेपालीले विष्टको वारे जानकारी भए उनका परिवारमा जानकारी गराउन श्रीमती सिताले आग्रह गरेकी छन् । उनका परिवारले रमेशलाई परिवारको सम्पर्कमा ल्याइदिन मलेसियामा रहेका संघ सस्था संग समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार