मन्दिर तोडफोड गर्नेलाई कि.ध. तथा सा.उ.स तेह्रथुमद्वारा कार्वाहीको माग

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका २ नम्बर वडा साबिक खेजेनिम ५ मा रहेको किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिममा तोडफोड र आगजनी गरेको विषयमा आइतबार प्रेस बिज्ञप्त् िजारि गर्दै कार्वाहीको माग गरेको छ ।

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम : किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका २ नम्बर वडा साबिक खेजेनिम ५ मा रहेको किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिममा तोडफोड र आगजनी गरेको विषयमा आइतबार प्रेस बिज्ञप्त् िजारि गर्दै कार्वाहीको माग गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिका २ खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङ्मायक माङ्हिममा गत सोमबार राती तोडफोड भएको हो । अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरिएको छ । यसअघि पनि फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा निर्माणधिन किरात धर्मका प्रवर्धक तथा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा आगजनी भएको छ ।

१ नम्बर प्रदेशको तेह्रथुम, ताप्लेजुङ र सङखुवासभाको संगम स्थान मेन्छ्यायेम कोक्मा डाडामा निर्माणाधीन किरात मेन्छ्यायेम युमा माङहिमको समेत रातको समयमा तीन पटक अज्ञात, अपरिचित, अपराधिक समुहले आक्रमण गरि भत्काउने काम भएको थियो । सोहि घट्नालाई लिएर सम्पुर्ण लिम्बुजन्य संघसंस्था, याक्थुङ सयङ, किरात याक्थुङ चुम्लुङ, आदिवासी संस्था र तुुतु तुम्याङहरुलाई अवगत गराएको बिज्ञप्तिमा उल्लेख छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङ तरेबा द्धारा हस्ताक्षरित बिज्ञप्ति मार्फत धार्मिक सहिष्णुता, आपसि हित, सामाजिक सद्भाव, धार्मिक बिबिधतामाथि अभद्र व्यावहार गर्ने जो कोहि व्याक्ति वा दोषि समुहलाई कानुनि दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न स्थानीय सरकार, स्थानीय प्रशासन, र नेपाल सरकार समक्ष माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार