इलाम : इलाका प्रहरी कार्यालय मङ्गलबारेका एक प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि इलामको देउमाई नगरपालिका सिल गरिएको छ। समुदाय स्तरमा कोरोना फैलिन नदिन देउमाई नगरपालिकाका वडा नम्बर ३, ४, ५, ८ र ९ लाई सिल गरिएको हो।
सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि समुदाय स्तरमा कोरोना फैलिन सक्ने भन्दै सिल गरिएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले जानकारी दिए। उनले कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिने र त्यसको नतिजा अनुसार सिल अवधि टुंगो लाग्ने पनि बताए ।
नगर कार्यपालिकाको बैठकले रातिदेखि नै लागू हुनेगरी देउमाई नगरपालिकाका वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने सेवा समेत बन्द गर्ने निर्णय भएको उनले बताए। सूचना अधिकारी बाँस्तोलाका अनुसार अत्यावश्यक सेवा भने चल्न दिने बताइएको छ।
अन्य सम्बन्धित समाचार: बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु अर्को सूचना जारी नगरुन्जेलसम्म घर बाहिर ननिस्कन र निस्किनु परे सुरक्षाको मापदण्ड पालना गरेर मात्र बाहिर निस्किन समेत नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।