इलाममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

  नयाँ बुलन्द  160 पटक हेरिएको

इलाम : इलामको सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना  संक्रमण पुष्टि भएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईका अनुसार गत साउन २३ गते समुदायका ५० जनामा गरिएको पिसिअार परिक्षणमा एक जना वडा सदस्य र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना पाेजेटिभ देखिएको हो  । उनका अनुसार कोरोना देखिएको हाइड्रोपावरका एक जना कर्मचारी स्थानीयबासिन्दा रहेका छन् ।

केही दिन अघि सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जनामा कोरोना देखिएपछि समुदायमा परिक्षणमा गरिएको थियो । समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गते बाट एक साताको लागि सिल गरेको थियो । कोरोना संक्रमित देखिएपछि सिल लम्व्याउने वा नलम्व्याउने भन्ने बिषयमा बैठक बसेर निर्णय गरिने राईले बताए । यो संगै इलाममा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या ८१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार