नेपालमा आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?

काठमाडौं : मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ।

आज साउन २८ गते बुधबार मौसम

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल,पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभाग ले सतर्कता अपनाउन आग्रह गरेको छ।

-अनलाईन न्युजपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार