तमोर नदीले बगाएका युवा बेपत्ता

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार