बलिउड अभिनेता दत्त फोक्सोको क्यान्सरबाट पीडित

 

एजेन्सी : भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर ( चरण तेस्रो ) भएको छ ।
६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले समाचार लेखेका छन् । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो ।
उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता संजयको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् ।

सञ्जयको परिवार क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ ।उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो । सञ्जयलाई क्यान्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार