भोजपुरकी एक महिलाले ७२ वर्षको उमेरमा पाइन् नागरिकता

  नयाँ बुलन्द  109 पटक हेरिएको

भोजपुर : भोजपुरमा ७२ वर्षिया एक बृद्धले नागारिकता पाएकी छिन् । राज्यबाट पाउने सेवा सुविधाबाट नागरिकता नहुँदा बञ्चित भएकी एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको हो ।
७२ वर्षको उमेर हुँदा समेत नागरिकता नहुँदा राज्यको सुविधा पाउन नसकेकी हिरा राईले ७२ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगेने माईती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी राईलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको हो ।

वडा कार्यालयको सिफारिसमा उनलाई बंशजको आधारमा नागरिता दिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । उनले भने ‘ यसअघि नै नागरिकताको दिनु पर्ने हो, तर बृद्ध अवस्थामा नागरिकता नभएको कारण राज्यको सेवा सुविधाबाट बञ्चित भएको थाहा पाएपछि हामीले नागरिकता दिएका छौ, अव उहाँलाई राज्यबाट पाउने सेवा सुविधा लिने बाटो खुलेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार