वीपीको ओपीडी सेवा बुधबार देखि अनिश्चित कालको लागि बन्द

सुनसरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपीडी सेवा बुधबारदेखि बन्द हुने भएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु नै कोरोना संक्रमित हुन थालेपछि अनिश्चितकालको लागि भोलि बुधबारदेखि ओपीडी सेवा बन्द गरिने भएको हो ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहकाअनुसार अर्को सूचना जारी नभएसम्मलाई ओपीडी सेवा बन्द गरिएको छ । ‘धरानमा लकडाउन पनि छ, प्रतिष्ठानभित्रै कोरोना संक्रमण देखिएकोले पनि ओपीडी बन्द गर्नुपरेको हो’ सहायक अस्पताल निर्देशक डा.साहले भने ।

पछिल्लो समय प्रतिष्ठानमा उपचारको लागि आएका विरामीहरुको स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आइरहेको छ भने चिकित्सकहरु नै संक्रमित हुन थालेका छन् । पछिल्लो समय इएनटी विभागका एक चिकित्सक, श्रीमती र २ छोराछोरी नै संक्रमण पुष्टि भइसकेको छ भने बायोकेमेष्ट्री विभागका डाक्टर र श्रीमतीमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, इर्मजेन्सीमा उपचारमा आएका विरामीहरुसमेत कोरोना पोजेटिभ देखिन थालेकोले संक्रमण थप फैलिन नदिन प्रतिष्ठानले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार