फोनिजको २१ औँ स्थापना दिवस आज

  नयाँ बुलन्द  147 पटक हेरिएको

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवस आज मनाउँदैछ ।

‘सञ्चारमा समावेशीता- कानूनमा चाहियो, व्यवहारमा पनि !’ भन्ने नारा सहित संघीय समिति, प्रदेश समिति र देशभरीका ५४ भन्दा धेरै जिल्ला शाखाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइनेछ ।

यसपटकको स्थापना दिवस विगतको भन्दा पृथक ढंगले मनाउने तयारी छ । कोरोना भाइरस (कोभिड १९) का कारण भर्चुअल अन्तरक्रिया गरी स्थापना दिवस मनाइदैछ ।

फोनिज संघीय समितिले दिउँसो ४ बजे ‘स्थापना दिवस तथा अक्षयकोष घोषणा कार्यक्रम’ आयोजना गर्दैछ । कार्यक्रममा जुमको माध्यमबाट देशैभर र विदेशमा रहेका पत्रकार समेत सहभागी हुन पाउनेछन् ।

फोनिज प्रदेश १ समितिले विहान साढे ११ बजे ‘कोरोना भाइरसको कारण प्रदेश १ मा परेको प्रभाव’ विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेल र ब्लास्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की वक्ताका रुपमा रहनेछन् । कार्यक्रममा जुमको माध्यमबाट विश्वमा रहेका पत्रकारहरु समेत सहभागी हुन पाउनेछन् ।

त्यस्तै विभिन्न जिल्ला शाखाले विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउँदेछन् ।

नेपालका आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज पत्रकारजन्य अन्य संघसंगठनको तुलनामा विशिष्ट प्रकृतिको संगठन हो । फोनिजले स्थापना कालदेखि आदिवासी जनजाति पत्रकारहरुको हक, हित, अधिकार तथा स्वतन्त्र र समावेशी पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र, संघीयता, पहिचान, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता एवम् नागरिक अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

फोनिजको संघीय समिति सहित सातै प्रदेशमा प्रदेश समिति, ५४ जिल्लामा जिल्ला शाखा र प्रवासमा समेत प्रवास शाखाहरु क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार