घर भत्किदाँ एकै परिवारका चारको मृत्यु

काठमाडौं : डोटीमा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका– १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो। घटनामा चार जना घाइते भएका छन्।

राति करिब साढे एक बजे उक्त घर भत्किएको स्थानीयले बताएका छन् । घर भत्किएर मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा लोहार, छोरा १० वर्षीय पारस विक, ५ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको प्रहरीले जनाएको छ ।

घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेका छन्। घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीले चार जना गम्भीर घाइते भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार