जनता समाजवादी पार्टीको समायोजन निर्देशिका पारित, पदाधिकारी चयनको बाटो खुल्यो

काठमाडौैं : जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । निर्देशिका जारी भएसँगै अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ ।

बुधबारबाट सुरु भई शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो ।

जसपाले तत्कालीन समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजन टुंगो लगाउने छ ।

बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको आरोप लगाउँदै झाले चीन र भारत दुवै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव दिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार