योङहाङ समाज इलामद्वारा क्यान्सर विरामीलाई आर्थिक सहयोग

क्यान्सर विरामी विरवहादुर श्रेष्ठलाई सहयाेग रकम हस्तान्तरण गर्दै याेडहाङ समाज इलामका अध्यक्ष पञ्चवहादुर याेङहाङ र सहभागी । (तस्बिर : स्पर्श अतित)

इलाम : योङहाङ समाज इलामले क्यान्सर विरामी विरवहादुर श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेकाे छ । फाकफोकथुम-७,  साविक एकतप्पा खम्बुवा निवासी श्रेष्ठलाई आइतबार १ लाख ५५ हजार १ सय अठासी रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

करिव एक वर्षयता क्यान्सर रोगी श्रेष्ठको, बचाउ अभियानका लागि समाजले एक महिनादेखी आर्थिक संकलन अभियान सुरु गरेको थियो ।

अभियान अन्तर्गत देश तथा विदेशमा रहेका सहयोगीहरुले आर्थिक सहयोग गरेका छन् । सो आर्थिक सहयोग योङहाङ समाज इलामको नेतृत्वमा भएको हो । बिरामी हाल पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामाेड झापामा उपचारकाे क्रममा रहेका छन् । उनी दमक नगरपालिका वडा नं. ३ ताराबारी डिकुमा बहिनी–ज्वाईँको घरमा बस्दै आएका छन् । समाजको टोली सोही ठाउँमा आइतबार पुगेर रकम हस्तान्तरण गरेको थियो ।

सहयोगीहरुको विवरण (रकम सहित) :  
१. नरबहादुर योङहाङ, शिबसताक्षी–१० झापा रु.५५५५।–
२. बिजु लिम्बू, फाकफोकथुम गा.पा.–४ इलाम रु.६०७०।–
३. भिमवहादुर बेघा, कमल गा.पा.–४ झापा रु.१५८६।–
४. सुरेन्द्र केरुङ, कमल गा.पा.–४ झापा रु.१५८६।–
५. अर्जनु साङपाङ राई, कमल गा.पा.–४ झापा रु.१५८६।–
६. सुवास सिबु लिम्बू, चुलाचुली गा.पा.–३ इलाम रु.१५८६।–
७. दिलिप घतानी, कमल गा.पा.–४ झापा रु.१५८६।–
८. प्रेमराज आले मगर, फाकफोकथुम गा.पा.–७ इलाम रु.४०००।–
९. सुरेश योङहाङ लिम्बू, माङसेबुङ गा.पा.–२ इलाम रु.१५००।–
१०. डिल्लीराज खड्का, चुलाचुली इलाम रु. ५५५५।-

११. रेशम बराईली, फाकफाेकथुम गा‍.पा.-७, इलाम (रेशम गहना गृह इलाम) रु.१०००।-

१२. महेश अधिकारी, फाकफोकथुम गा.पा.–७, इलाम रु.२०२७।–
१३. सन्दिपा योङहाङ, इलाम न.पा..–७, इलाम रु.१५००।–
१४. मतावसिंह लिम्बू, फाकफोकथुम गा.पा.–१, इलाम रु.१०००।–
१५. यामप्रसाद लिम्बू, इलाम न.पा..–७, इलाम रु.२०००।–
१६. टंक वहादुर राई, फाकफोकथुम गा.पा.–७, इलाम रु.५००५।–
१७. बिष्णु खनाल, फाकफोकथुम गा.पा.–७, इलाम रु.१५००।–
१८. बिर्खवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.७०००।–
१९. युवराज नेम्बाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.६०२५।–
२०. रामवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.१००५।–
२१. नरविर माखिम, फाकफोकथुम गा.पा.–७, इलाम रु.५०००।–
२२. लुम्दे–५ निवासी (नाम खुलाउन नचाहने) रु.२०२०।–
२३. नरवहादुर नेम्बाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.४०००।–
२४. भूपेन्द्र योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.१०२५।–
२५. कविता राई, फाकफोकथुम गा.पा.–४, इलाम रु.१५००।–
२६. जितेन फागो, फाकफोकथुम गा.पा.–७, इलाम रु.३०००।–
२७. बलवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.२०००।–
२८. भिम निरौला, फाकफोकथुम गा.पा.–७, इलाम रु.१५००।–
२९. जुनु आङदेम्बे लिम्बू, फाकफोकथुम गा.पा.–७, इलाम रु.१०२६।–
३०. किरण योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.५२००।–
३१. रञ्जित खनाल, फाकफोकथुम गा.पा.–७, इलाम रु.५२००।–
३२. टिकाराम योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.५२००।–
३३. सुनिता योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.१०८०।–
३४. अतित योङहाङ, माङसेबुङ गा.पा.–२, इलाम रु.१००५।–
३५. दीपककुमार योङहाङ, फाकफोकथुम गा.पा.–४, इलाम रु.१०००।–
३६. उदय योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.२२२५।–
३७. तेजवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.२२२५।–
३८. राजेन्द्र योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.१०००।–
३९. रणबिर योङहाङ, इलाम न.पा.–६, इलाम रु.३५००।–
४०. योगेन्द्र लावती (फ्रेण्ड्स होटल इलाम) रु.३००।–
४१. खड्गवहादुर योङहाङ (बि.बि.सी.) फाकफोकथुम गा.पा.–७, इलाम रु.३०००।–
४२. सुकवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.३०००।–
४३. जितेन आङबो (काइला) फाकफोकथुम गा.पा.–७, इलाम रु.३०००।–
४४. कृष्ण देवान, फाकफोकथुम गा.पा.–७, इलाम रु.३०००।–
४५. पञ्चवहादुर योङहाङ, फाकफोकथुम गा.पा.–७, इलाम रु.२५००।–
४६. गलेन्द्र आङबाे, उर्लाबारी-९, माेरङ रु‍.१००००।-

४७. अर्जुनकुमार लिम्बू, फाकफोकथुम गा.पा.–७, इलाम रु.१०००।–
४८. भिमवहादुर लिम्बू, फाकफोकथुम गा.पा.–७, इलाम रु.५००।–
५०. मनोज योङहाङ, (जिल्ला मालपोत कार्यालय, नायब सुब्बा) रु.१०००।–

५१. राजभक्त याेङहाङ ,फाकफोकथुम गा.पा.–७, इलाम रु.१०००।–

५२. युवराज थामी, (इलाम डेक्सटप, इलाम) रु.१०००।–

जम्मा रकम रु‍.१,५५,१८८।- (अक्षरेपी एक लाख पचपन्न हजार एकसय अठासी)  

त्यस्तै सहयाेग संकलन भने जारी रहेकाे समाजका अध्यक्ष तथा फाकफाेकथुम वडा नं. ७ का वडा सदस्य पञ्चवहादुर याेङहाङले बताए । उनले भने- “हामीले आजसम्म संकलन भएकाे रकम मात्र हस्तान्तरण गरेकाे हाे। संकलन भने जारी छ ।” साथै उनले सहयाेग गर्न चाहनेहरुलाई सहयाेगकाे अपिल गरेका छन् ।

बिरामीलाई समाजका अध्यक्ष पञ्चवहादुर याेङहाङले रकम सहित सहयाेगीहरुकाे विवरण उल्लेखित पुस्तिका हस्तान्तरण गरेका थिए । कार्यक्रममा समाजकाे तर्फबाट समाजका अध्यक्ष, सल्लाहकार छत्रवहादुर याेङहाङ (सि.बि.), एकतप्पा सेवा समाज झापाका अध्यक्ष डबल वहादुर याेङहाङ, फाकफाेकथुम-७ स्थायी घर भई हाल शिबसताक्षी-१०, दाेमुखा निबासी नरवहादुर याेङहाङकाे उपस्थिति रहेकाे थियाे ।

साथै कार्यक्रममा याक्थुङ लेखक संघ इलामका अध्यक्ष अर्जुन याेङहाङ, सञ्चारकर्मी तथा grihakhabar.com का सम्पादक निशेष राई ‘सत्यरुप’ र समाजकै सदस्य अतित याेङहाङकाे उपस्थिति थियाे ।

यता विरामीकाे तर्फबाट सहयाेग रकम  ग्रहण गरेपछि विरामी र उनका बहिनी-ज्वाईले समाज परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । साथै अहिलेसम्मकाे उपचारमा आफ्नाे सबै सम्पत्ति सकिएकाे भन्दै सहयाेगकाे  लागि अपिल समेत गरेका छन् ।

काे हुन् क्यान्सर बिरामी श्रेष्ठ ?

४५ वर्षीय क्यान्सर बिरामी विरवहादुर श्रेष्ठ फाकफाेकथुम-७, साविक एकतप्पा-९, खम्बुवा इलाम निवासी हुन् । उनी गत भदाैदेखी क्यान्सर राेगबाट ग्रसित छन् । उनलाई मुखकाे क्यान्सर लागेकाे छ । सुरुमा विरामले च्यापेपछि उपचारकाे लागि  भक्तपुर क्यान्सर हस्पिटल पुग्दा चाैथाे स्टेज पुगिसकेकाे डाक्टरले जनाएकाे थियाे । त्यसपछि बिरामी नम्रश भई अन्तिम विकल्प आयुवेर्दिक सम्म धाएका थिए । पछिल्लाे समय घाउकाे प्रकृति जटिल बन्दै गएपछि झापा विर्तामाेड स्थित  पूर्वाञ्चल क्यान्सर हस्पिटलमा धाईरहेका छन् ।

बिरामीकाे घाउकाे अवस्था नाजुक बन्दै गएकाेले केमाे थेरापी समेत चडाउन सकिरहेकाे अवस्था छैन । उनका श्रीमति र ३ जना छाेरीहरु रहेका छन्  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार