महासंघको सदस्यता नवीकरणका लागि समय थप्न फोनिजको आग्रह

  नयाँ बुलन्द  118 पटक हेरिएको

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना महामारीका बीच नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणका लागि तोकिएको समयसीमा थप गर्न आग्रह गरेको छ । कोरोनाका कारण काठमाडौं उपत्यका ‘सटडाउन’मा रहेको तथा दर्जनजति जिल्लाहरुमा निषेधाज्ञा जारी रहेकोले समयसीमा थप गर्न आग्रह गरेको हो ।
फोनिजका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तीमा महाधिवेशनको मिति नतोकिएको र राष्ट्रिय भेला हुन गइरहेको अवस्थामा राष्ट्रिय भेलाबाट अनुमोदन हुने गरी सदस्यता नवीकरण र वितरणको समयवधी बढाउन आग्रह गरिएको छ ।
यस्तै सदस्यता शुल्कमा निश्चित प्रतिशत छुटको घोषणा गर्न फोनिजले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार