सुपरमाई हाइड्रोले सूचना दिन नमानेको भन्दै स्थानीय आक्रोशित

इलाम : इलामको सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रको कागजात पत्र दिन नमानेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
हाइड्रोले सहमति बिपरीत माइखोला बाहेकका अन्य खोलाको पनि पानी लान खोजेकोमा आपत्ति जनाउँदै डिपिआएर रिर्पोट, इआइए रिर्पोट आफूहरूले माग गरेको तर हाइड्रो दिन नमानेको बताएका छन् ।

स्थानीयबासीले साउन १५ गते हाइड्रोका सञ्चालकलाई भेटेर कागजपत्र उपलब्ध गराउन अनुरोध गरेको ।तर, पाँच दिनपछि सञ्चालकले उपलब्ध गराउन नसक्ने बताएको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीयबासीले संघर्ष समिति नै गठन गरेर हाइड्रोलाई ध्यानाकर्षण गराएको तर दिन अस्वीकार गरेकाले घोर भर्सना गरेको बताएका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै संघर्ष समितिले हाइड्रोले जनताको सूचनाको हकबाट समेत बञ्चित गरेको बताएका छन् ।

संघर्ष समितिका संयोजक गोपाल थेवेको हस्ताक्षरित विज्ञप्तीमा स्थानीयको अधिकार कुण्ठित भएका कारण आउने दिनमा हुन सक्ने क्षति हाइड्रोले व्यहोर्नु पर्ने समेत बताइएको छ । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिले जनाएको छ । परियोजनाले स्थानीयवासीको सरोकारलाई बेवास्ता गर्ने र अवैधरूपमा अन्य खोलाको पानी मिसाउन खोजेपछि आन्दोलनको आवश्यक परेको सङ्घर्ष समितिको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार