कोरोनाका कारण स्थानीय खेलाडीहरु बेरोजगार

इलाम : वसन्त थेबे, सुदिप थेबे, सन्तोस राई, बिजय राई र फाग लिम्बु माईजोगमाई गाउँपालिकाको नाम चलेको र पेसेवर फुटबल खेलाडीहरु हुन्  । सानैदेखि फुटबलमै धेरै लगाब राखेकोले नै फुटबल खेलाडी भएका उनीहरुलाई धेरै ठाउँमा हुने फुटबल प्रतियोगितामा विभिन्न क्लबले खेल्न बोलाउने गर्छन् । त्यो पनि प्रति म्याच २५ सयदेखि ४ हजार रुपैयाँसम्म दिएर । यसरी खेल्ने क्रममा उनीहरु धेरै ठाउँ घुम्न नयाँ साथीभाईसँग चिनजानसँगै एक आपसमा खुशी साटासाट हुने गरेको छ ।

हरेक प्रतियोगिताहरुमा सेमिफाइनल र फाइनलसम्म पुग्न सके उनीहरु घर फर्कदाँ पकेटमा कम्तीमा १५ देखि २२ हजारसम्म पर्न आउँछ । निरन्तर ४ वर्षदेखि फुटबल खेलमै रमाईलो गरिरहेको भएपनि हाल विश्व महामारी रोग कोरोना भाइरस (कोभिड १९) को कारण स्थानीय गाउँघरमा परम्परादेखि लाग्ने मेला, बजारको अवसरमा संन्चालन हुने फुटबल खेलहरु आयोजना बन्द गर्नुपर्ने भएकोले उनीहरु बेरोजगार जस्तै बन्न पुगेका छन् ।

गाउँ घरमा लाग्ने मेला बजारहरु फुटबल खेलकै कारण फस्टाउने गरेको छ । चैतदेखि नै कुनै ठाउँमा फुटबल खेलको प्रतियोगिता नभएकोले ५ महिनादेखि खेल्न पाएकै छैन । यसरी लामो समय फुटबल खेल आयोजना बन्द हुनु र प्राक्टिससम्म गर्न नपाउँदा कुनै बेला प्रतियोगिता भइहाले खेल्न गाह्रो र फममा आउन धेरै समय लाग्ने उनीहरु बताउँछन् ।

कोरनाको कारण अहिले सबै गाउँमा आयोजना हुने फुटबल प्रतियोगिता बन्द भएका छन् । त्यस्तै आगामी दिनमा हुने प्रतियोगिताहरु हुने नहुने टुङ्गो हुन सकेका छैनन् । यसरी फुटबल प्रतियोगिता नहुँदा खेलाडीहरु बेरोजगार त भएका छन् नै, मेलाबजारबाट वर्षौ दिनको घरखर्च टार्न रातदिन नसुती दोकान चलाएर लाखौं कमाउनेहरुको सपना सपनामै सीमित भएको छ ।

माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बर्सेनि १५ बढी फुटबल प्रतियोता हुने गरेको छ । फुटबल खेल प्रतियोगिता बन्दसँगै मेला बजारहरु पनि लाग्न सकेका छैनन् । यी प्रतियोगिताहरुमा स्थानीय फुटबल आयोजकहरुले केही वर्षदेखि लाखौं धनराशीको पुरस्कार राख्न थालेसँगै स्थानीय गाउँघरमा राम्राराम्रा युवा खेलाडीहरु उत्पादन हुँदै आईरहेको छ । यसरी प्रतियोगिता बन्दसँगै परम्परादेखि लाग्दै आएको मेला बजारहरु पनि बन्द हुन पुगेका छन् । सबैको फुटबल खेलबाट आफ्नो क्लबलाई चिनाउनका लागि राम्रो खेलाडीहरु केही समयको लागि अनुबन्धन गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार