इलाम : पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्ग क्षतिग्रस्त भएको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नालामा फाइबर बिच्छ्याउने काम रोकिंदा राजमार्ग ठाँउ ठाँउमा भासिने, पहिरो जाने भएपछि सडक क्षतिग्रस्त भएको हो ।
लकडाउन भएसँगै काम बन्द हुँदा समस्या भएको छ । पहाडी जिल्लामा फाइबर बिस्तार गर्दा मेचीे राजमार्गमै क्षति पुग्न थालेकोले दुर्घटना हुने खतरा बढेको छ ।
झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउने काम थालिएको छ । ३० किलोमिटर क्षेत्रमा एकैपटक नाला खोलेर त्यसै छोड्दा वर्षातले सडकमै क्षति पुगेको सडक डिभिजन कार्यालय इलामका सुचना अधिकारी बिरेन्द्र कुमार यादबले बताए ।
दुई वर्षमा सक्नेगरी अप्टिकल फाइबर बिच्छ्याउने काम कोरियन कम्पनीलाई नेपाल टेलिकमले गत आर्थिक वर्षमा ठेक्का दिएको थियो ।