सरकारी कार्यालयमा समेत मगर ड्रेस !

राेल्पा :  सुनछहरी गाउँपालिका रोल्पाका कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्नो मौलिक पोशाक लगाएर कार्यालय जान थालेका छन् ।

पालिकामा कार्यरत मगर कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्नो मौलिक पोशाक लगाएर कार्यालय जान थालेको गाउँपालिकामा कार्यरत पशु चिकित्सक सुन बहादुर पुनमगरले बताए उनका अनुसार स्थानिय स्तरको मौलिक पहिचानलाई बाचाइराख्न तथा अन्य समुदायका कर्मचारीहरुलाई स्थानिय भेषभुषाको जानकारी दिन समेत यो अभियान थालिएको हो ।

गाउँपालिकामा कार्यरत नायवसुब्वा दया बहादुर बुढामगरका अनुसार हाल गाउँपालिकामा कार्यरत ४४ जना कर्मचारी मध्य १५ जना मगर कर्मचारी रहेका छन् । बुढामगरले अनलाइनबाटोलाई दिएको जानकारी अनुसार हप्ताको शुक्रबार नियमित पोशाक भन्दा फरक पोशाक लगाउने सरकारी नियम रहेको छ यही नियम अनुसार फरक पोशाक लगाउने दिनमा आफ्नो मौलिक पहिचान झल्कने पोशाक लगाउने आफुहरुको सल्लाह अनुसार अबका दिनमा प्रत्यक शुक्रबार सबै मगर कर्मचारीले मौलिक पोशाकमा कार्यालय आउने छन् । अन्य कर्मचारीहरुले पनी इच्छ्या लागेमा यो पोशाक लगाउन सक्नेछन् ।

१९ हजार बढी जनसङ्ख्या रहेको सुनछहरी गाउँपालिकामा ७० प्रतिशत मगर छन् । हाल निर्बाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि मगरनै हुन भने ७ वडा रहेको गाउँपालिकामा एक जना वडा अध्यक्ष मात्र गैर मगर छन् भने बाँकी ६ जना वडा अध्यक्षहरु मगरनै हुन् ।

पालिकामा कार्यरत मगर कर्मचारीहरुले आफुहरुको अभियानलाई सहयोग पुग्ने कार्य गरेकोमा मगर संघ सुनछहरी गाउँपालिकाका अध्यक्ष रण बहादुर घर्तीमगरले सिङगो टिमलाई धन्यवाद सहित बधाइ दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार