पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडी : बैतडीमा पहिरोमा पुरिएर आमाछोराको ज्यान गएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा बिहीबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४० वर्षीय पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बिहीबार राति खसेको पहिरोले घरभित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको हो भने १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन नपाएका छिमेकीले बताएका छन् ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार बैतडीका-८ पालिकाका विभिन्न ठाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार