इलाममा थप १६ जनामा कोरोना पुष्टि

इलाम : इलाममा थप १६ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ ।  विहीवार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । भाइरस संक्रमण पुष्टि भएका सबै इलाम सदरमुकामको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका रहेका छन ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकाेमा १६ जना शसस्त्र प्रहरीको रिपोर्ट पोजिटिभ आएको हाे ।

६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए ।

बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भईरहेको छ । इलाममा शसस्त्र प्रहरीका १६ जना सहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार