कोरोना संक्रमण बढ्दै जाँदा प्रधानमन्त्रीले आज विज्ञहरुसँग छलफल गर्दै

Nepal india ayodhya ram sita laxman balmiki

काठमाडौं : काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै हुनुहुन्छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । आवश्यक सतर्कता नअपनाएर लकडाउन खोलेको भन्दै सरकारको आलोचनासमेत भईरहेको छ ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गर्नुभएको थियो । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार