रूपन्देही इन्चार्ज पुनसहित नेकपाका दर्जन कार्यकर्ता गिरफ्तार

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रूपन्देही जिल्ला इन्चार्ज सङ्गम पुनसहित एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

बुटवलको मोतीपुर क्षेत्रबाट नेकपाका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार स्थानीय जनतासँग छलफलमा सहभागी भइरहेको बेला प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।उता रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार